Kathmandu Press

सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते

सुर्खेत, असोज ६ : सुर्खेतको सिम्ता गाउँपालिका-४ स्थित बजेडी चौरमा भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन्।आज (बुधबार) बिहान १० बजे २४...
सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते

सुर्खेत, असोज ६ : सुर्खेतको सिम्ता गाउँपालिका-४ स्थित बजेडी चौरमा भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन्।

आज (बुधबार) बिहान १० बजे २४ जना यात्रु बोकेर सिम्ताको देउली बजारबाट जामुने आउँदै गरेको ना७ख ६०६३ नम्बरको बस बजेडी चौरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

Hardik ivf

प्रहरीका अनुसार ब्रेक फेल भएर बस दुर्घटनामा परेको हो। बस सडकबाट करिब १५ मिटर तल खसेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परेका १२ जनाको अवस्था सामान्य रहेको छ भने घाइते १२ जनामध्ये गम्भीर चार जनालाई उपाचारका लागि नेपालजगन्ज पठाइएको छ भने अन्यको महेलकुना अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १४:०१ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्