परराष्ट्र मन्त्री डा. खड्काले लिए पद तथा गोपनीयताको सपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन् ।
काठमाडौं, असोज ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन् ।
सरकारले बुधबार बिहान डा. खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेको थियो ।
मन्त्री खड्काले परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।
प्रकाशित मिति: १३:३९ बजे, बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











