Kathmandu Press

बाजुराका ६९ वडामा आज अधिवेशन

मार्तडी, असाेज ६ : कांग्रेसको १४औँ महाधिवेशन तथा ७ औं जिल्ला अधिवेशनका लागि बाजुराका ६९ वडाको अधिवेशन आजदेखि सुरु गरिएको छ  १४औँ महाधिवेशन तथा...
बाजुराका ६९ वडामा आज अधिवेशन

मार्तडी, असाेज ६ : कांग्रेसको १४औँ महाधिवेशन तथा ७ औं जिल्ला अधिवेशनका लागि बाजुराका ६९ वडाको अधिवेशन आजदेखि सुरु गरिएको छ  १४औँ महाधिवेशन तथा ७औँ जिल्ला अधिवेशनका लागि एकैसाथ वडा अधिवेशन गर्न लागेको नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितले बताए। 

उनका अनुसार यही असोज २ गते बसेको नेपाली कांग्रेस बाजुराको बैठकले असोज ६ गते गर्ने निर्णय भएको बताए। भौगोलिक विकटता र क्रियाशील विवादका कारण केन्द्रीय सर्कुलरअनुसार असोज ५ गते सम्भव नभएपछि जिल्ला निर्वाचन समितिको प्रस्तावमा पार्टीले असोज ६ गते बुधबार गर्ने निर्णय गरेको नेपाली कांग्रेस बाजुराका सचिव दीपकविक्रम शाहले जानकारी दिएका छन्। 

वडा अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे गृह वडामा समेत सहभागी भएको सचिव शाहले बताए। वडाबाट नै क्षेत्रीय प्रतिनिधि आउनुपर्ने भएकाले जिल्लाका शीर्ष नेताहरु आ–आफ्नो वडाका गएका छन्। पार्टीको १४औँ महाधिवेशनका लागि वडामा हुने अधिवेशनमा केन्द्रीय सदस्य बद्री पाण्डे हिमाली गाउँपालिकाको रुगिनमा पुगेका छन्। 

यस्तै पार्टी सभापति कविराज पण्डित, पूर्वभूमिसुधार सहायकमन्त्री जनकराज गिरी, संविधानसभाका सदस्य देवराज जोशी, महासमिति सदस्य पद्मबहादुर शाही, जुना दानी, वरिष्ठ नेता रामसिंह रावल र महाधिवेशन प्रतिनिधि चक्रबहादुर शाह लगायतका नेताहरु वडाको अधिवेशनमा सहभागी भएको नेपाली कांग्रेस प्रचारप्रसार उपसमिति संयोजक रनसिंह अयडीले बताएका छन् । 

आज हुने वडा अधिवेशनमा सहमति सहकार्य र एकताको अधिवेशन बनाउने गरी एकै साथ कांग्रेसले वडा अधिवेशन गरेको प्रचारप्रसार उपसमिति संयोजक अयडीले बताए। पार्टीको ७औँ जिल्ला अधिवेशनका लागि वडाको असोज ६, गाउँ÷नगरपालिका अधिवेशन असोज ९, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन असोज १२ र जिल्ला अधिवेशन असोज १६ गते गर्ने तयारी भएको जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताए। 

उनका अनुसार निर्वाचन समितिको प्रस्तावमा नेपाली कांग्रेस बाजुराले निर्णयलाई सदर गर्दै तोकिएको समयमा अधिवेशन हुने बताए। वडा, गाउँ÷नगरपालिका र प्रदेश निर्वाचन क्षेत्र अधिवेशनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण गरी अधिवेशनमा खटाइएको निर्वाचन अधिकृत भण्डारीको भनाइ रहेको छ। 

जिल्लाका ६९ वडामा, गाउँ÷नगर र प्रदेश निर्वाचन क्षेत्रमा १६२ मतदान र सहायक मतदान अधिकृत खटाइएको छ। पार्टीको ७औँ जिल्ला अधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ। अधिवेशनका लागि आवास व्यवस्थापन, मञ्च व्यवस्थापन, स्वयम्सेवक परिचालय लगायतका उपसमिति बनाएर तयारी भइरहेको नेपाली कांग्रेस बाजुराले जनाएको छ। 
 

प्रकाशित मिति: १३:३८ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्