गोरुको आक्रमणबाट पाँचखालमा एकजनाको मृत्यु
काभ्रे, असोज ६ : गोरुको आक्रमणबाट पाँचखालमा एकजनाको मृत्यु भएकाे छ।काभ्रेको पाँचखाल नगरपालिका-६ ढुंगानाबेंसी बस्ने ७० वर्षीय पदमबहादुर खड्काको बहर गोरुको आक्रमणबाट मंगलबार...
काभ्रे, असोज ६ : गोरुको आक्रमणबाट पाँचखालमा एकजनाको मृत्यु भएकाे छ।
काभ्रेको पाँचखाल नगरपालिका-६ ढुंगानाबेंसी बस्ने ७० वर्षीय पदमबहादुर खड्काको बहर गोरुको आक्रमणबाट मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै घरको गोठमा पालेको बहर गोरुले अचानक हान्दा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:३५ बजे, बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












