Kathmandu Press

सुडानमा सत्ता हत्याउने प्रयासको महासचिव गुटर्रेसद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, असोज ६ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गरेका छन्।उनले अहिले...
सुडानमा सत्ता हत्याउने प्रयासको महासचिव गुटर्रेसद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, असोज ६ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गरेका छन्।

उनले अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकाले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान नसक्ने हो भने देशका लागि राम्रो नगर्ने भन्दै कसैलाई पनि राजनीतिक कू को प्रयास नगर्न आग्रह गरेका हुन्।

उनले सुडानमा सत्ता हत्याउने प्रयास भएको कुरा आफूलाई थाहा भएकाले त्यसो नगर्न र यसअघि यहाँको राजनीतिक सङ्क्रमणकालको व्यवस्थापनका लागि गरिएका सबै प्रतिबद्धताहरुमा इमानदार रहन यहाँका सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरेका छन्। 

प्रकाशित मिति: १२:३० बजे, बुधबार, असोज ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्