चिवाभञ्ज्याङबाट नयाँ शक्तिको जनसंवाद यात्रा प्रारम्भ
पाँचथर, माघ १६ : नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पाँचथरकाे चिवाभञ्ज्याङबाट जनसंवाद यात्राको प्रारम्भ गरेका छन् ....

पाँचथर, माघ १६ : नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पाँचथरकाे चिवाभञ्ज्याङबाट जनसंवाद यात्राको प्रारम्भ गरेका छन् ।
एक महिने जनसंवाद यात्राको नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको चिवाभञ्ज्याङमा एक कार्यक्रमबीच डा भट्टराईले शुरुअात गरेका हुन् । पूर्वको चिवाभञ्ज्याङदेखि शुरु भएको जनसंवाद यात्रा एक महिनापछि सुदुरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट नाकामा पुगेर टुङ्गिने जनाएकाे छ ।
यात्राका क्रममा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने विभिन्न पर्यटकीय तथा व्यापारिक क्षेत्रका नागरिक, जनप्रतिनिधिलगायतसँग छलफल र अन्तरक्रिया गरिने नयाँशक्ती पार्टीले जनाएकाे छ ।
प्रकाशित मिति: ११:२८ बजे, बुधबार, माघ १६, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार












