Kathmandu Press

एकैदिन नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, असोज ६ : नेपाली बजारमा आज सुनको मूल्य नौ सय रुपैयाँले बढेको छ। छापावाल सुन मङ्गलबार ८९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।...
एकैदिन नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, असोज ६ : नेपाली बजारमा आज सुनको मूल्य नौ सय रुपैयाँले बढेको छ। 

छापावाल सुन मङ्गलबार ८९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य ९० हजार एक सय रुपैयाँ तोकिएको छ। 

Hardik ivf

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० कायम गरिएको छ। तेजाबी सुन मङ्गलबार प्रतितोला रु ८८ हजार ७५० मा कारोबार भएको थियो। 

महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी मङ्गलबार प्रतितोला रु एक हजार १४० मा कारोबार भएको थियो। चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १६५ तोकिएको छ। 

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ। 
 

प्रकाशित मिति: ११:४८ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्