बागलुङमा बाढीले दुई घर पुरिए
बागलुङ, असोज ६ : बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर...बागलुङ, असोज ६ : बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् ।
बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए।
बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताए।
प्रकाशित मिति: ११:२६ बजे, बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१