Kathmandu Press

प्याब्सन काठमाडौं महानगरपालिकाको अधिवेशन असोज ९ गते

काठमाडौं, असोज ६ : निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौं महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ। महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका...
प्याब्सन काठमाडौं महानगरपालिकाको अधिवेशन असोज ९ गते

काठमाडौं, असोज ६ : निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौं महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ। 

महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रूपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवेशन आगामी शनिबार काठमाडौं ब्याङक्वेट थापागाउँ बानेश्वरमा हुन लागेको हो। प्याब्सन प्रचारप्रसार प्रमुख एवं महर्षी स्कुल सामाखुशीका प्राचार्य निर्मल पौैडेलले दुईवर्षे कार्यकालका लागि शनिबार दोस्रो अधिवेशन हुन लागेको जानकारी दिए। 

यसभन्दा पहिले २०७५ मङ्सिरमा पहिलो अधिवेशन सम्पन्न भएको थियो। दुईवर्षे कार्यकाल रहने उक्त अधिवेशनमा महानगरपालिकाभित्रका ३५० विद्यालयको सहभागिता रहने प्याब्सन महानगरपालिकाका अध्यक्ष मुरारीप्रकाश सञ्जेलले जानकारी दिए। 

प्याब्सनले महानगरपालिकाभित्रका ३२ वडामा रहेका निजी विद्यालयमा विद्यालय सञ्चालनमा परेका समस्या र शैक्षिक क्षेत्रको गुणस्तरका बारेमा छलफल चलाउँदै आएको छ।
 

प्रकाशित मिति: १०:४१ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्