Kathmandu Press

घोप्टेभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन, असोज ६ : चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। गएराति ११ः४५...
घोप्टेभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन, असोज ६ : चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। गएराति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको छ। ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ।

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन्। रातिदेखि सवारी साधान रोकिएपछि सयौं यात्रु अलपत्र परेका छन्।

प्रकाशित मिति: ०६:५८ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्