Kathmandu Press

जापानमा २०२२ को सुरुदेखि खोपको थप मात्रा दिइने

टोकियो असोज ५ : जापानमा आगामी वर्ष सन् २०२२ को सुरुदेखि कोरोनाभाइरस विरुद्धको थप मात्रा खोप दिइने भएको छ। जापानका खोप मन्त्री तारो...
जापानमा २०२२ को सुरुदेखि खोपको थप मात्रा दिइने

टोकियो असोज ५ : जापानमा आगामी वर्ष सन् २०२२ को सुरुदेखि कोरोनाभाइरस विरुद्धको थप मात्रा खोप दिइने भएको छ। जापानका खोप मन्त्री तारो कोनोले मंगलबार दिएको जानकारीअनुसार कोरोनाभाइरसबाट थप सुरक्षाका लागि थप मात्राको खोप लगाउने तयारी भएको हो।  

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले थप मात्राको खोप लगाउने बारेमा अघिल्लो हप्ता नै निर्णय गरेको पनि उनले जानकारी दिए। दोस्रो खोप लगाएको आठ महिनापछि थप मात्राको रुपमा तेस्रो खोप लगाउन सकिने व्यवस्था गरिने भएको हो। थप मात्राको खोप लगाएपछि शरिरमा एन्टी वडीको मात्रा पनि बढ्ने चिकित्सकहरुले बताएका छन्। 

Hardik ivf

थप मात्राको खोप आगामी सन् २०२२ को फेब्रुअरीदेखि लगाउन थालिने र सुरुमा स्वास्थ्यकर्मीहरुलाई लगाइने पनि उनले बताए।त्यसैगरी ६५ वर्षभन्दा बढी उमेरका वृद्ध वृद्धाहरुलाई पनि थप खोपका लागि उच्च प्राथमिकताको सूचीमा राखिने भएको छ। 

आगामी वर्षभरीमा सवै स्वास्थ्यकर्मीहरुले थप मात्राको खोप लगाउन पाइसक्ने मन्त्री कोनोले पत्रकार सम्मेलनमा विश्वास व्यक्त गरे। उनले थप मात्राको खोप अर्को वर्ष उपलब्ध गराउनका लागि अहिलेदेखि नै आवश्यक तयारी गर्न निर्देशन समेत दिए।

प्रकाशित मिति: १८:४७ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्