Kathmandu Press

२४ घण्टामा १३३० कोरोना संक्रमित थपिँदा १८३० संक्रमणमुक्त, ५ जनाको मृत्यु

त्यस्तै, एक हजार ८३० संक्रमित निको भएका छन् भने संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ।
२४ घण्टामा १३३० कोरोना संक्रमित थपिँदा १८३० संक्रमणमुक्त, ५ जनाको मृत्यु

काठमाडौं, असोज ५ : पछिल्लो २४ घण्टामा नेपालमा १३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार १३ हजार ६२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

पिसिआर विधिबाट ९ हजार ६ सय २६ जना र एन्टिजेनबाट ३९९६ जनाको परीक्षण भएको छ।

त्यस्तै, एक हजार ८३० संक्रमित निको भएका छन् भने संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ५३ जनाको मृत्यु भएको छ। 

यस्तै हाल २१ हजार ५२४ सक्रिय संक्रमित छन्।

यस्तै, काठमाडौं उपत्यकामा थप ४०२ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । 

काठमाडौंका २६१ , ललितपुरका ९८ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:२८ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्