Kathmandu Press

अफगानिस्तानबाट यसवर्ष छ लाखभन्दा बढी विस्थापित

काबुल, असोज ५ : यस वर्षमात्र अफगानिस्तानबाट छ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ। उक्त निकायका अनुसार यसवर्ष...
अफगानिस्तानबाट यसवर्ष छ लाखभन्दा बढी विस्थापित

काबुल, असोज ५ : यस वर्षमात्र अफगानिस्तानबाट छ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ। उक्त निकायका अनुसार यसवर्ष अफगानिस्तानमा हिंसाका कारण ६ लाख ३५ हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन्।

उक्त निकायले तीमध्ये गएको महिना दिनमा मात्र कम्तीमा १२ हजार जना व्यक्ति विस्थापित भएर राजधानी काबुल आएका बताएको छ। यसरी काबुल आएकाहरुमध्ये अधिकांश अफगानिस्तानको पञ्जसिरबाट आएका हुन्।

Hardik ivf

ती व्यक्ति पछिल्लो समयमा अफगानिस्तानमा तालिबानहरुले सुरु गरेको सत्ता कब्जा र त्यसपछि यहाँका तालिबान र सेनाबीचको भिडन्तका कारण विस्थापित हुन पुगेका बताएको छ। उता शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले पनि हालैमात्र अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको थियो।

उक्त संस्थाले यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रहेर नागरिकको अवस्थाको बारेमा जानकारी लिन र अत्यावश्यक परेको सहयोग लिनका लागि पनि आग्रह गरेको थियो।

अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो रहेको र यहाँका नागरिकलाई खाना, औषधि, बास तथा अन्य सबै चिजहरु चाहिएको पनि सो संस्थाले हालै एक विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएको थियो।
 

प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्