Kathmandu Press

क्यानडाका प्रधानमन्त्री ट्रुडो  तेस्रो पटक पनि निर्वाचित

क्यानडाका प्रधानमन्त्री ट्रुडो  तेस्रो पटक पनि निर्वाचित

ओट्टावा, असोज ५ : क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित भएका छन्। गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन्। 

मतगणना जारी रहेकाले अहिले उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ। उनी र उनको पार्टीको जितसँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्ने देखिएको छ।
 
निर्वाचनमा उनको दल र उनी फेरि विजयी हुने पुर्वानुमानअनुसार नै उनी विजयी भएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । उनी यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुदै आएका थिए। त्यसपछि उनले पछिल्लो ६ वर्षमा अहिलेसम्म तीन पटक आम निर्वाचन जितेका हुन्। 

Hardik ivf

अहिले ४९ वर्ष भएका ट्रुडोले कुबेक शहरको पापीनोबाट सांसदमा निर्वाचित भएको राज्यद्धारा सञ्चालित प्रसारण संस्था सीबीसीले जनाएको छ। सीबीसी र सीटीभी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका थिए । 

प्रधानमन्त्री ट्रुडोले पनि आफू निर्वाचित भएको जानकारी दिदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरुलाई धन्यवाद दिएका छन्।
 
अहिले मतगणना भइरहँदा १४१ ठाउँमा उनको पार्टीको अग्रता रहेको छ भने विपक्षी दल कन्जरभेटिभ ९९ ठाउँमा अगाडि देखिएको छ। क्यानडामा अहिले ३३८ सिटका लागि निर्वाचन भएको हो। बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नुपर्दछ।

प्रकाशित मिति: १३:०८ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्