Kathmandu Press

ओलीको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं, असोज ५ : सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि निरन्तर सुनुवाइ हुने जनाएको छ। सोमबार...
ओलीको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं, असोज ५ : सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि निरन्तर सुनुवाइ हुने जनाएको छ। 

सोमबार सुनुवाइ नसकिएपछि मुद्दामाथि न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकिएको छ।

दल दर्ताविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी ओलीले वारेसनामामार्फत भदौ १७ मा तीन रिट दर्ता गराएका थिए। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसद पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ।


 

प्रकाशित मिति: १२:२६ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्