Kathmandu Press

बागलुङको जैमिनीमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

बागलुङ, असोज ५ : बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु...
बागलुङको जैमिनीमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

बागलुङ, असोज ५ : बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। 

सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली छन्। उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिए।
 

प्रकाशित मिति: १०:०५ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्