Kathmandu Press

नेपालमा भेटियो नयाँ चराको प्रजाति

काठमाडौं, असोज ५ : नेपालमा पहिलो पटक युरोपियन रोलर नामको नयाँ चराको प्रजाति रेकर्ड गरिएको छ।नयाँ प्रजाति उक्त चरा माथिल्लो मुुस्ताङ, लोमानथाङ गाउँपालिका–५...
नेपालमा भेटियो नयाँ चराको प्रजाति

काठमाडौं, असोज ५ : नेपालमा पहिलो पटक युरोपियन रोलर नामको नयाँ चराको प्रजाति रेकर्ड गरिएको छ।

नयाँ प्रजाति उक्त चरा माथिल्लो मुुस्ताङ, लोमानथाङ गाउँपालिका–५ स्थित अन्नपूर्ण संरक्षण क्षेत्रको तीन हजार ७८१ मिटरको उचाइमा रेकर्ड गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको हो।

संरक्षण क्षेत्रका कर्मचारी रामबहादुर गुरुङले गत अगस्ट २९ मा पहिलो पटक नयाँ प्रजातिको चराको फोटो खिचेका थिए। दोस्रो दिनपछि पनि पुनः उक्त चरा देखिएपछि उनले थप प्रमाणीकरणका लागि फोटो सम्बन्धित निकायमा पठाएका थिए।

कोषको अन्नपूर्ण संरक्षण क्षेत्र मुस्ताङका प्रमुख ऋषि बरालले नयाँ चराको प्रजातिबारे पहिचान र प्रमाणीकरणका लागि प्रक्रिया अघि बढाएका थिए।

चराविद्हरू डा. हेमसागर बराल, सोम जिसी, टिम इन्सकिप्प र करोल इन्सकिप्पको समूहले प्रमाणीकरण गरेको हो। पछिल्लो थप भएसँगै संरक्षण क्षेत्रमा ५१९ प्रजातिका चरा रेकर्ड भएका छन्।

 

प्रकाशित मिति: ०९:३२ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्