नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं, असोज ५ : नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय समिति बैठक आज बस्न लागेको छ।एक महिनाअघि नेकपा (एमाले) विभाजन...काठमाडौं, असोज ५ : नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय समिति बैठक आज बस्न लागेको छ।
एक महिनाअघि नेकपा (एमाले) विभाजन भएर एकीकृत समाजवादी गठन भएको थियो। माधवकुमार नेपालको नेतृत्वमा गठिन एकीकृत समाजवादीको आज पहिलो केन्द्रीय समिति बैठक बोलाइएको हो।
आज बस्ने केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संगठन विस्तार लगायतका विषयमा छलफल हुने जनाइएको छ। पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका विषयमा पनि छलफल हुने जनाइएको छ।
यससँगै बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्ने एक नेताले बताए। एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा ११३ केन्द्रीय सदस्य सहभागी हुनेछन।
एकीकृत समाजवादीले ५५ जिल्लामा जिल्ला समिति गठन गरिसकेको छ। अन्य जिल्लामा पनि गठनको प्रक्रिया चलिरहेको छ।











