मंगलबार ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै, १३ जिल्लाको अझै अनिश्चित
काठमाडौं, असोज ४ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार (भोली) सात जिल्लामा वडा अधिवेशन हुने भएको छ ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिका...
काठमाडौं, असोज ४ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार (भोली) सात जिल्लामा वडा अधिवेशन हुने भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार भोली ७ जिल्लामा अधिवेशन सम्पन्न हुनेछ । अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भईसकेको श्रेष्ठले काठमाडौं प्रेसलाई बताए ।
उनका अनुसार मंगलबार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुरामा वडा अधिवेशन हुनेछ । गत भदौं १८ भदौदेखि शुरु भएको कांग्रेसको वडा अधिवेशन ५७ जिल्लामा सकिएको छ ।
ढिलो क्रियाशील सदस्यता सार्वजनिक भएका काठमाडौंसहित थप सात जिल्लामा ५ असोजमा वडा अधिवेशन हुन लागेको हो ।
उनका अनुसार १३ जिल्लाको क्रियाशिल सदस्यता बुुझाउन नसकिएकोले अझै १३ जिल्लाको सदस्यता सार्बजनिक हुन बाँकी रहेको उनले बताए । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ ।











