Kathmandu Press

सानिमा बैंकले एक वर्षमा कमायो दुई अर्ब २४ करोड

काठमाडौं, साउन १३ : सानिमा बैंकले दुई अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्ष एक अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष नाफामा ३२ प्रतिशल....

सानिमा बैंकले एक वर्षमा कमायो दुई अर्ब २४ करोड

काठमाडौं, साउन १३ : सानिमा बैंकले दुई अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्ष एक अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष नाफामा ३२ प्रतिशले बृद्धि गरेको हो।

बैंकले एक वर्षको अवधिमा १३ अर्ब ६४ करोड रुपैयाँ ऋण बिस्तार गरेको छ। ऋण बढाउन बैंकले ११ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

बैंकले एक वर्षको अवधिमा तीन अर्बको खुद ब्याज आम्दानीलाई चार अर्ब १० करोड रुपैयाँ पुर्‍याएको छ। बैंकले निक्षेपमा दिने र ऋणमा लिने ब्याजको स्प्रेड दर तोकिएको सीमाभन्दा कम ४.३५ प्रतिशत कायम गरेर काम गरेको छ।

बैंकको आधार ब्याज दर ९.४५ प्रतिशत छ। प्रति शेयर आम्दानी २८ रुपैयाँ रहेको छ।

 

 

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, साउन १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्