Kathmandu Press

बाँकेमा करेन्ट लागेर एकजनाको मृत्यु

बाँके, असोज ४ : बैजनाथ गाउँपालिका–१ गाभर बस्ने १८ वर्षीया माया थापाको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ।सोही ठाउँस्थित होमस्टे जाने सडक नजिक...
बाँकेमा करेन्ट लागेर एकजनाको मृत्यु

बाँके, असोज ४ : बैजनाथ गाउँपालिका–१ गाभर बस्ने १८ वर्षीया माया थापाको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ।

सोही ठाउँस्थित होमस्टे जाने सडक नजिक खेतबारीमा घाँस काट्न गएको अवस्थामा बँदेल भगाउन राखेको नाङ्गो तारमा परेर करेन्ट लाग्दा उनको मृत्यु भएको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:१२ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्