Kathmandu Press

एमाले अध्यक्ष ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौं, असोज ४ : एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दिएको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ।उनले माधवकुमार नेपालसहित १४ सांसद, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा,...
एमाले अध्यक्ष ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौं, असोज ४ : एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दिएको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

उनले माधवकुमार नेपालसहित १४ सांसद, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ सांसदविरुद्ध दिएको रिट आज (सोमबार) ‘हेर्दा हेर्दै’मा राखिएको छ।

न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा उक्त रिटमाथि बहस भएको थियो। ओलीका पक्षका कानुन व्यवसायी, सरकारी वकिल, नेपाल पक्षका कानुन व्यवसायीले आज बहस गरेका थिए।

ओलीले जवाफ दिन बाँकी रहेपछि मुद्दा भोलि (मंगलबार) का लागि ‘हेर्दा हेर्दै’ मा राखिएको हो।

बहसमा ओली पक्षका कानुन व्यवसायी बाबुराम दाहाल, रमेश वडाल,  महेश न्यौपाने, रविनारायण खनाल, ईश्वरी भट्टराई लगायतले एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) दर्ता गैरकानुनी रहेको जिकिर गरेका थिए। 

विपक्षी तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालसहित १४ जनाविरुद्धको मुद्दाको कुनै औचित्य नभएको बताए। 

प्रकाशित मिति: १७:१८ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्