‘साक्षरता प्रतिशत ९६.८८ रहेकाले काठमाडौं साक्षर जिल्ला’
काठमाडौं, असोज ४ : वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरेका छन्।काठमाडौंमा आयोजित एक कार्यक्रममा आज (सोमबार) संघीय राजधानीसमेत...
काठमाडौं, असोज ४ : वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा आज (सोमबार) संघीय राजधानीसमेत रहेको काठमाडौंलाई उनले साक्षर जिल्ला घोषणा गरेका हुन्।
काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ रहेकाले साक्षर जिल्ला घोषणा गरिएको मन्त्री सुवेदीको भनाइ थियो। काठमाडौंलाई पूर्ण साक्षर बनाउन लागिपर्ने विश्वास उनले व्यक्त गरे।
शिक्षा मन्त्रालयले गरेको नीतिगत निर्णयअनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भए कुनै क्षेत्र क्षेत्र, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिन्छ। तदनुसार नै काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरिएको बताइएको छ।
शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा स्रोतसाधन पर्याप्त भए पनि व्यवस्थापन गर्न नसकिएको बताए। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा अधिकारीहरुलाई शिक्षालाई व्यवस्थित बनाउने आग्रह गरे।











