Kathmandu Press

कम्बोडियामा ७५ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

होम पेन, असोज ४ : कम्बोडियामा कुल जनसङ्ख्याको ७५ प्रतिशतभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेको पाइएको छ।  कूल एक करोड २० लाखभन्दा बढी अर्थात ७५.३...
कम्बोडियामा ७५ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

होम पेन, असोज ४ : कम्बोडियामा कुल जनसङ्ख्याको ७५ प्रतिशतभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेको पाइएको छ।  

कूल एक करोड २० लाखभन्दा बढी अर्थात ७५.३ प्रतिशत मानिसले कम्तीमा एउटा खोप लगाएको सरकारी अधिकारीहरूले जनाएका छन्। 

कम्बोडियामा अहिले एक करोड ६० लाखभन्दा बढी जनसङ्ख्या रहेको छ। ती मध्ये एक करोडभन्दा बढीले खोपको पुरा मात्रा लगाएका छन्। यो सङ्ख्या ६४ प्रतिशतभन्दा बढी हुन्छ। 

Hardik ivf

त्यसैगरी ५.२ प्रतिशत अर्थात् आठ लाख ३० हजार ८१४ जनाले अतिरिक्त मात्रा खोप पनि लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यही सेप्टेम्बर १९ सम्मको विवरण अनुसार दुवै खोप लगाएका एक करोड मध्ये ९८.२७ प्रतिशत प्रौढहरु रहेका छन्।

दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडियामा गत फेब्रुअरीदेखि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको थियो।  

कम्बोडियामा खोप उपलब्ध गराउने मुलुकमध्ये चीन मुख्य देश हो। कम्बोडियाका राष्ट्रपति सम्बेच तेचो हुनसेनले चिनियाँ खोपले कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि ठूलो सहयोग भएको बताएका छन्।  

कम्बोडियामा पछिल्लो एक दिनमा ६२२ जना नयाँ सङ्क्रमितहरु थपिएको विवरण सरकारी अधिकारीहरुले सोमबार सार्वजनिक गरेका छन्। योसँगै देशभरी अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या एक लाख चार हजार ७१६ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै कम्बोडियामा कोरोनाका कारण अहिलेसम्म दुई हजार १२३ को मृत्यु भएको छ। 
 

प्रकाशित मिति: १६:२९ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्