Kathmandu Press

पञ्जाबको मुख्यमन्त्रीका रूपमा कांग्रेस नेता चन्नीद्वारा सपथ ग्रहण

पञ्जाबको मुख्यमन्त्रीका रूपमा कांग्रेस नेता चन्नीद्वारा सपथ ग्रहण

चण्डीगढ, असोज ४ : कांग्रेस नेता चरनजीत सिंह चन्नीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्। 

उनी पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित व्यक्ति भएका छन्। 

Hardik ivf

पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराएका हुन्। 

चन्नीले पञ्जाबी भाषामा सपथ ग्रहण गरेका थिए। काङ्ग्रेस नेता अमरिन्दर सिंहले पदबाट राजीनामा दिएपछि कांग्रेसले आइतबार चन्नीलाई पञ्जाबको मुख्यमन्त्रीको रूपमा चयन गरेको थियो। 
 

प्रकाशित मिति: १५:५२ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्