दलसम्बन्धी अध्यादेश खारेज गर्नुपर्छ : उपेन्द्र
काठमाडौं, असोज ४ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुपर्नेमा जोड दिएका छन्।उक्त अध्यादेशले दलहरुलाई अस्थिर...
काठमाडौं, असोज ४ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुपर्नेमा जोड दिएका छन्।
उक्त अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै उनले त्यसलाई खारेज गर्नुपर्ने बताएका हुन्।
आज (सोमबार) प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद विस्तार हुन नसक्ने बताए।
‘दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुनेबित्तिकै मन्त्रिपरिषद्को विस्तार हुन्छ अनि मात्र सरकारले पूर्णता पाउँछ,’ उनले भने।
सरकार विस्तारका लागि मन्त्रालय बाँडफाँट भइनसकेको र त्यसै काममा आफूहरू जुटिरहेको उनको भनाइ थियो।
प्रकाशित मिति: १५:०८ बजे, सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











