जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ
स्याङ्जा, असोज ४ : स्याङ्जा पुजतलीबजारमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन्।पुजतलीबजार नगरपालिका–१३ तोरीखोलास्थित तुलबहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा थापासहित सातजनालाई आइतबार...
स्याङ्जा, असोज ४ : स्याङ्जा पुजतलीबजारमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन्।
पुजतलीबजार नगरपालिका–१३ तोरीखोलास्थित तुलबहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा थापासहित सातजनालाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूका साथबाट नगद ६६ हजार ५ सय ६५ रूपैयाँ र ४ बुक तास फेला पारेको पनि बताइएको छ।
प्रकाशित मिति: १४:०० बजे, सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












