Kathmandu Press

बैंकलाई ब्रोकरको लाइसेन्स दिन नेप्सेलाई बोर्डको निर्देशन

काठमाडौं, साउन १३ : बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल पूरा गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको ....

बैंकलाई ब्रोकरको लाइसेन्स दिन नेप्सेलाई बोर्डको निर्देशन
फाइल फोटो

काठमाडौं, साउन १३ : बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल पूरा गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ। बोर्डले नेप्सेलाई आइतबार बैंकलाई लाइसेन्स दिने प्रक्रिया नरोक्न निर्देशन दिएको हो। 

बोर्डले बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने काम र उपत्यका बाहिर प्रदेश स्तरीय शाखा कार्यालय खोल्न निर्देशन दिइसकेको जनाएको छ।

धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली २०६४ को नियम तीन एक बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डले नेप्सेलाई निर्देशन दिएको हो।

बोर्डले पुस १८ गते निर्देशन दिएपछि एउटा अध्ययन प्रतिवेदनले बैंकको सहायक कम्पनीको संख्या तोक्ने, न्यूनतम पूँजी संचरना, मानव संशाधन तथा भौतिक संचरना, शाखा कार्यालय, बाणिज्य बैंकको मुख्य तथा शाखा काउन्टर प्रयोग गर्न नपाउने सुझाव दिएको थियो।

पछिल्लो समय बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने काम बोर्ड र नेप्सेको तालमेल नमिल्दा अड्किएको आरोप लाग्दै आएको छ। हाल १५ वटा बैंकले ब्रोकरको लाइसेन्सका लागि प्रक्रिया आगाडी बढाएका छन्।

प्रकाशित मिति: १३:१५ बजे, सोमबार, साउन १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्