Kathmandu Press

एमाले नाराबाजीबीच संसदबाट बजेट पारित

सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए।
एमाले नाराबाजीबीच संसदबाट बजेट पारित

काठमाडौं, असोज ४ : प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकैबीच विधेयक पारित गरिएको छ। सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा तीन प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा राष्ट्रहित र जनआकाङ्क्षालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको बताए। 

प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ। राष्ट्रियसभाले पारित गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ। गत भदौ २५ गते प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका छन्।

 

प्रकाशित मिति: १२:०७ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्