प्रतिनिधि सभा : एमालेको नाराबाजीकाबीच सभामुखले सुरु गरे बैठक
काठमाडौं, असोज ४ : प्रतिनिधि सभाको बैठक सुरु भएको छ। आजको बैठकमा सरकारले पेश गरेको विनियोजन विधेयक आज पारित हुने भएको छ।यद्यपी बैठक सुरु...
काठमाडौं, असोज ४ : प्रतिनिधि सभाको बैठक सुरु भएको छ। आजको बैठकमा सरकारले पेश गरेको विनियोजन विधेयक आज पारित हुने भएको छ।
यद्यपी बैठक सुरु भए लगत्तै नेकपा एमालेका सांसद्हरुले उठेर नाराबाजी गरेका छन्। रोष्ट्रम घेरेर नाराबावी गरिए पनि सभामुख अग्निप्रसाद् सापकोटाले बैठक सुरु गरेका छन्। अहिले सांसद् प्रेम सुवालले विनियोजन विधेयकमाथी टिप्पणी गरिरहेका छन्।
प्रतिनिधिसभाको आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा मन्त्रालयगत छलफल हुने र निर्णयार्थ पेश गर्ने विषय समावेश गरिएको छ। यसअघि एमालेको अवरोध र नाराबाजीकाबीच भदौ २९ गते प्रतिनिसभाले ‘विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो।
प्रकाशित मिति: ११:४८ बजे, सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











