Kathmandu Press

दुई सयले घट्यो सुनको मूल्य

काठमाडौं, असोज ४ : नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ। छापावाल सुन आइतबार ८९ हजार एक सय रुपैयाँमा कारोवार भएको...
दुई सयले घट्यो सुनको मूल्य

काठमाडौं, असोज ४ : नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ। छापावाल सुन आइतबार ८९ हजार एक सय रुपैयाँमा कारोवार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार नौ सय तोकिएको छ। 

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ। तेजाबी सुन आइतबार रु ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो।  

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार १३५ रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य आइतबार प्रतितोला रु एक हजार १५० थियो।

प्रकाशित मिति: ११:४३ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्