Kathmandu Press

प्रतिनिधिसभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी

काठमाडौं, असोज ४ : आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ। आजको बैठकबाट बजेट पारित गर्ने तयारी गरिएको छ।प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे...
प्रतिनिधिसभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी

काठमाडौं, असोज ४ : आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ। आजको बैठकबाट बजेट पारित गर्ने तयारी गरिएको छ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा पनि नेकपा (एमाले)ले विरोध यथावत राख्ने भएको छ।

आजको सम्भावित कार्यसूचीमा विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राख्ने संसद सचिवालयले जनाएको छ। यसअघि भदौ २९ गते बसेको बैठकमा अर्थमन्त्री शर्माले विधेयक पेश गरेका थिए।

विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव राखेका छन्। त्यसमाथि छलफल सकेर आजै विनियोजन विधेयक पारित गर्ने तयारी गरिएको छ।

त्यसपछि मात्रै राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत हुने छ। दुवै विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यी सबै विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रिय सभामा जानेछन्। राष्ट्रिय सभाको बैठक मंगलबार बोलाइएको छ।

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्