एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै
काठमाडौं, असोज ४ : नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक...
काठमाडौं, असोज ४ : नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।
विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गर्न आज फेरि बैठक बस्न लागेको हो। आइतबार बसेको स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गरिएको थियो।
ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा आज दिउँसो १ बजे बैठक बस्ने भएको छ। आजको बैठक तीन वटै प्रस्तावमाथि छलफल हुने जनाइएको छ।
एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदै छ। एमाले केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनको मिति तय गरेको थियो।
प्रकाशित मिति: ०७:५८ बजे, सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











