Kathmandu Press

आजदेखि ११ दिनसम्म भेरोसेल खोप लगाइँदै

आजदेखि विभिन्न जिल्लामा ११ दिनसम्म कोरोना भाइरसविरूद्धको खोप भेरोसेलको पहिलो डोज लगाइने भएको छ।
आजदेखि ११ दिनसम्म भेरोसेल खोप लगाइँदै

काठमाडौं, असोज ४ : आजदेखि विभिन्न जिल्लामा ११ दिनसम्म कोरोना भाइरसविरूद्धको खोप भेरोसेलको पहिलो डोज लगाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी ११ दिनसम्म खोप लगाउन लागिएको जनाएको छ। आजबाट असोज १४ गतेसम्म खोप लगाइनेछ।

त्यस्तै, कात्तिक ४ देखि १४ गतेसम्म भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दुई दिन अघि मात्रै सरकारले चीनबाट भेरोसेल खोप ल्याएको थियो। यसपटक ४४ लाख डोज खोप ल्याइएको स्वास्थ्य

मन्त्रालयले जनाएको छ। यहि खोप विभिन्न उमेर समूहका व्यक्तिलाई लगाउन तयारी गरिएको हो।

आजदेखि सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउनेछन्।

त्यस्तै, बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्षभन्दा माथिका नागरिकलाई पनि खोप लगाउने भएको छ। दुवै जिल्लामा १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप पाउनेछन्।

काठमाडौं उपत्यकामा काठमाडौं, ललितपुर, भक्तपुरसँगै रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्धको खोप लगाइने भएको छ।

यससँगै विभिन्न ५८ जिल्लामा ४५ वर्षभन्दा माथिका नागरिकलाई पनि खोप लगाइने भएको छ। यससँगै विद्यार्थीले पनि खोप लगाउन पाउनेछन्। यसअघि छुटेका नागरिकले पनि खोप लगाउने पाउनेछन्।

त्यस्तै, पहिलो डोज लगाइसकेका काठमाडौंका बासिन्दालाई पनि आजदेखि तीन दिनसम्म भेरोसेलको दोस्रो डोज लगाइनेछ।

प्रकाशित मिति: ०९:२० बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्