राष्ट्र बैंकले ११ अर्ब ८३ करोडको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौं, असोज ४ : नेपाल राष्ट्र बैंकले सोमबार ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ।केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट...
काठमाडौं, असोज ४ : नेपाल राष्ट्र बैंकले सोमबार ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ।
केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल बिक्री गर्न लागिएको हो। बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो।
राष्ट्र बैंकले पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि रहेको छ। बिल आगामी पुस ६ गते परिपक्व हुनेछ।
यस्तै चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो। यो बिल आगामी चेत ८ गते परिपक्व हुनेछ।
केन्द्रीय बैंकले दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागेको छ। सो बिल विसं २०७९ असोज ४ गते परिपक्व हुनेछ।
केन्द्रीय बैंकले यसअघि भदौ २८ गते ट्रेजरी बिल बिक्री गरेको थियो।
प्रकाशित मिति: ०८:२८ बजे, सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











