Kathmandu Press

शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका पुगे डा. गोविन्द केसी 

शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका पुगे डा. गोविन्द केसी 

काठमाडौं, असोज ३ : विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन डाक्टर गोविन्द केसी अमेरिका पुगेका छन् ।

२१, सेप्टेम्बरमा  संयुक्त राष्ट्र संघको महासभा बस्ने दिन विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको केसीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । २० र २१ सेप्टेम्बर दिउसो १ बजे देखि ४ बजेसम्म राष्ट्रसंघको भवन परिसरमा प्रदर्शन गर्न लागिएको हो । 

विज्ञप्तिमा उनले भनेका छन्–‘यो प्रदर्शनी एउटा नेपालीका तर्फबाट नभई संसारभर छरिएर रहेका सबै नेपालीको भावनात्मक प्रदर्शनी पनि हुने विश्वास मैले लिएको छु । प्रदर्शनीका क्रममा हामी संयुक्त राष्ट्रको नियमका साथै कोभिड १९ का लागि सिडिसी, अमेरिकाका प्रोटोकलको कडाई संग पालन गर्नेछौं ।’

उनले स्वास्थ्य क्षेत्र सुधारका लागि १९ औं पटकमा २ सय ५५ दिन अनशन आन्दोलन गर्नुपरेको बताएका छन् भने युद्धग्रस्त यमनका जनताहरुलाई तीन महिना सेवा दिएको र म्यानमारबाट विस्थापित रोहिंग्या शरणार्थीहरुलाई बंगलादेशमा सेवा दिएको बताएका छन् । 

प्रकाशित मिति: २०:२८ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्