Kathmandu Press

१० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई कोरोना खोप दिईने 

१० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई कोरोना खोप दिईने 

काठमाडौं, असोज ३ : (भोली) सोमबार देखि १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाईने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको हो ।

यस्तै, काभ्रे र चितवनमा २५ वर्ष, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा  भने ४० वर्ष माथिकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।

बाँकी ५८ जिल्लामा भने ४५ वर्ष माथिका नागरिकलाई खोप लगाइनेछ । मनाङ, मुस्ताङ र रुकुमपूर्व पूर्ण खोप जिल्लाका रुपमा घोषित भईसकेकाले यी बाहेकका जिल्लामा असोज ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र कात्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाउने तयारी गरेको छ । 

प्रकाशित मिति: १८:५३ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्