Kathmandu Press

चीनमा ७८ प्रतिशत नागरिकलाई कोभिड–१९ खोप लगाइयो

चीनमा ७८ प्रतिशत नागरिकलाई कोभिड–१९ खोप लगाइयो

बेइजिङ, असोज ३ : चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले देखाएको छ।

यो सङ्ख्या कूल जनसङ्ख्याको ७८ प्रतिशत हो। कोभिड–१९ प्रतिक्रियाको लागि राज्य परिषद् अन्तर–संस्थान कार्य दलको तथ्याङ्कअनुसार मुख्य भूमि चीनमा मा एक अर्ब दुई करोड भन्दा बढी मानिसहरूले कोभिडविरूद्धको खोपको पूरा मात्रा लगाइसकेका छन्। 

चीनमा कोभिड–१९ विरूद्धको एक खोप लगाउनेको सङ्ख्या दुई अर्ब १७ करोडभन्दा बढी पुगेको छ। 

कोभिड–१९ विरूद्धको खोप धेरै लगाउने विश्वका प्रमुख देशहरूमध्ये चीन एक भएको उक्त कार्यदलले बताएको छ। 

प्रकाशित मिति: १८:१९ बजे, आइतबार, असोज ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्