रेडपाण्डाको दुई थान छालासहित पक्राउ
जाजरकोट, असोज ३ : प्रहरीले रेडपाण्डाको दुई थान छालासहित पक्राउ एक जनालाई पक्राउ गरेको छ।नलगाड नगरपालिका–५ कालिमाटीस्थित होटलबाट रेडपाण्डाको जस्तो देखिने दुई थान...
जाजरकोट, असोज ३ : प्रहरीले रेडपाण्डाको दुई थान छालासहित पक्राउ एक जनालाई पक्राउ गरेको छ।
नलगाड नगरपालिका–५ कालिमाटीस्थित होटलबाट रेडपाण्डाको जस्तो देखिने दुई थान छालासहित बारेकोट गाउँपालिका–५ नायकबाडा बस्ने १९ वर्षीय लोकेश परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उक्त होटलमा रेडपाण्डा जस्तो देखिने जनावरको छाला रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले होटलको १ सय २ नम्बर कोठा तालसी गर्दा परियारलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो।
प्रकाशित मिति: १७:११ बजे, आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












