Kathmandu Press

२४ घण्टामा थपिए ७३४ कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, असोज ३ : पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ। ७३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा...
२४ घण्टामा थपिए ७३४ कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, असोज ३ : पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ। 

७३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। 

हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन्। 

आइतबार संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४० पुगेको छ भने ७ लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, काठमाडौ उपत्यकामा थप २४१ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १८७, भक्तपुरमा ३२ र ललितपुरमा २२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १६:३८ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्