वर्तमान संविधान कि संशोधन गर्नुपर्छ कि खारेज : पूर्वसभामुख ढुंगाना

काठमाडौं, असोज ३ : पूर्वसभामुख दमननाथ ढुंगानाले वर्तमान संविधान कि संशोधन कि खारेज गर्नुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानद्वारा आज (आइतबार) काठमाडौंको बानेश्वरमा आयोजित एक कार्यक्रममा ढुंगानाले अहिलेको संसिवधानले संसदीय व्यवस्था नै समाप्त पार्ने जिकिर गरे।
‘संसदीय व्यवस्था जोगाउन दुईवटा विकल्प छन्, या त संशोधन या त खारेजी,’ उनले भने। उनले संविधानको धारा ७६ (५) ले दलीय व्यवस्थालाई नै चुनौती दिएको बताए।
अहिलेको संविधान संसदीय सिद्धान्तकै खिलाफमा रहेको तर्क गर्दै कुनै पनि समय यो दुर्घटनामा पर्न सक्ने आकलन गरे। ‘जसरी २०४७ सालमा संविधान सहिद भयो, यो पनि त्यस्तै हुने भय छ, यो त्यस्तो नहोस्,’ उनले भने।
प्रकाशित मिति: १६:०१ बजे, आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











