विश्वप्रकाशको अवधारणा : हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन (पूर्णपाठसहित)
झापा, असोज ३ : संविधान दिवसका अवसर पारेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणापत्र सार्वजनिक गरेका छन्।महामन्त्री पदका उम्मेदवारसमेत रहेका शर्माले आज...
झापा, असोज ३ : संविधान दिवसका अवसर पारेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २४ बुँदे अवधारणापत्र सार्वजनिक गरेका छन्।
महामन्त्री पदका उम्मेदवारसमेत रहेका शर्माले आज (आइतबार) गृह जिल्ला झापाको बिर्तामोडमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर सो अवधारणापत्र सार्वजनिक गरेका हुन्।
‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ शीर्षक दिएर सार्वजनिक गरिएको अवधारणापत्रमार्फत उनले १४औं महाधिवेशनका सन्दर्भमा आफ्ना धारणा राख्दै उनले विगतको आत्मसमिक्षा गर्दै आउँदा दिनका लागि आत्मचिन्तन गर्नुपर्ने बताएका छन्।
‘स्थापनाकालमा बीपी कोइरालालगायतका अग्रजले देशका सामु राख्नुभएको संकल्प र सपनाले हासिल गरेको उपलिब्धप्रति एकातर्फ गौरव त अर्कातर्फ कार्यसम्पादनमा रहेका हाम्रा कमजोरीको इमान्दार पहिचान गर्दै बदलिएको नेपाल र बदलिएको समयलाई सम्बोधन गर्ने नवीन संकल्प र नविन सपनाको रेखांकन अबको कांग्रेसले गर्नु छ,’ अवधारणपत्रमा उल्लेख छ।
बिपीले हिजो देशका लागि देखेको सपना आजको एक्काइसौं शताब्दीका युवासँग एकाकार गरेर कांग्रेस अघि बढ्नुपर्ने धारणा राखेका छन्। यस किसिमको यात्राले कांग्रेसको रुपान्तरण, सामाजिक परिवर्तन र भौतिक प्रगतितर्फको आकांक्षलाई सम्बोधन गर्न सक्नुपर्ने उनको भनाइ छ।
अवधारणामा मुलुकको समृद्धिको खाका, परराष्ट्र नीति, निर्वाचन प्रणाली, संविधानका त्रुटिको सम्बोधन, शासकीय हैसियतमा जानेको कार्याविधिलगायतका महत्वपूर्ण विषयमा विभिन्न प्रस्ताव गरिएको छ ।
उनले मुलुकको राष्ट्रपति पदमा एकपटक, प्रधानमन्त्री पदमा दुईपटक र विधायकमा चार पटक मात्र निर्वाचित हुन पाउने संवैधानिक व्यवस्था हुनुपर्ने प्रस्ताव रिएको छ।











