Kathmandu Press

कुमारी बैंकले ल्यायो ‘परिवार सुरक्षा बचत’ योजना

काठमाडौं, साउन १२ : कुमारी बैंकले ‘परिवार सुरक्षा बचत खाता’ नयाँ योजना सार्वजनिक गरेको छ।

परिवारका मुख्य सदस्यले न्यूनतम १०....

कुमारी बैंकले ल्यायो ‘परिवार सुरक्षा बचत’ योजना

काठमाडौं, साउन १२ : कुमारी बैंकले ‘परिवार सुरक्षा बचत खाता’ नयाँ योजना सार्वजनिक गरेको छ।

परिवारका मुख्य सदस्यले न्यूनतम १० हजारको खाता खोलेपछि परिवारका अन्य तीन जना सदस्यले पनि २६ लाखसम्मको बीमा सुविधा पाउने गरी बैंकले ल्याएको नयाँ योजना सार्वजनिक गरेको हो। 

आइतबार आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले उक्त नयाँ योजना सार्वजनिक गरे। योजनामा कम्तीमा १० हजारको खाता खोल्दा उसका परिवारका अन्य तीन जना सदस्यले पनि बीमाको सुविधा पाउने छन्। 

नयाँ योजनामा खातावाला एक जनाका परिवारका चारै जना सदस्यले स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना भएमा एक लाखसम्मको औषधि उपचारको बीमा सुविधा पनि उपलब्ध गराउने व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए।

यो योजना अन्तर्गत दम्पतीलाई १०-१० लाखका दरले २० लाख रुपैयाँसम्म आकस्मिक दुर्घटना बीमा हुने व्यवस्था पनि गरिएको छ। 
 

प्रकाशित मिति: १९:२८ बजे, आइतबार, साउन १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्