Kathmandu Press

सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो

सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो

काठमाडौं, असोज ३ : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शुक्रबार भएको कारोबारको आधारमा आजको मूल्य स्थिर रहेको छ। 

आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार १०० तोकिएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला रु ८९ हजार १०० मा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ६५० कायम गरिएको छ। शुक्रबार तेजाबी सुन रु ८८ हजार ६५० मा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० कायम गरिएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १७० थियो । महासङ्घले कोरोना महामारीको प्रभाव कम भई अर्थतन्त्र चलायमान भएको भन्दै नेपाल राष्ट्र बैंकसँग दैनिक ४० किलो सुन उपलब्ध गराइदिन माग गरेको छ।

 गत वर्ष कोरोनाका कारणले भएको बन्दाबन्दीमा सुन कारोबार ठप्प थियो। अहिले कोरोनाको प्रभाव कम हुँदा अर्थतन्त्र चलायमान हुँदै गएको र चाडबाड नजिकिँदा सुनचाँदीको माग अझ बढ्ने सुनचाँदी व्यवसायी बताउँछन्। 
 

प्रकाशित मिति: १३:५६ बजे, आइतबार, असोज ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्