समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य : मुख्यमन्त्री शाक्य
हेटौंडा, असोज ३ : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको विकासका लागि समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य सरकारले लिएको बताएकी छन्।विधान दिवसका अवसरमा...
हेटौंडा, असोज ३ : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको विकासका लागि समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य सरकारले लिएको बताएकी छन्।
विधान दिवसका अवसरमा आज (आइतबार) वाग्मती प्रदेश सरकारद्वारा हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको परिकल्पना गरेकाले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको बताइन्।
संघीय सरकारले मुलुकको समृद्धिका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाअनुरुप नै वागमती प्रदेश सरकारको पनि दीर्घकालिन सोचअनुरूप ‘स्वस्थ, सुसंस्कृत र सुखी जनता, समाजवाद उन्मुख समृद्ध प्रदेश’ निर्माण गर्न संविधान दिवसले प्ररणा दिने उनको भनाइ थियो।
कोरोना महामारीले सबैलाई आक्रान्त बनाउँदा उत्पन्न कठिन परिस्थितिसँग जुधेर मानव जीवन रक्षार्थ सचेत भई दैनिक क्रियाकलाप सञ्चालन गर्न सम्पूर्ण प्रदेशवासीमा उनले अपिल गरिन्।











