Kathmandu Press

प्राकृतिक–सांस्कृतिक सम्पदाको उपयोग गरी प्रदेशलाई समृद्ध बनाउन सकिन्छ : प्रदेश प्रमुख शर्मा

हेटौंडा, असोज ३ : वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा रहेका अथाह प्राकृतिक स्रोतसाधन, सांस्कृतिक सम्पदा र मानव स्रोतको भरपुर उपयोग गरी प्रदेशलाई...
प्राकृतिक–सांस्कृतिक सम्पदाको उपयोग गरी प्रदेशलाई समृद्ध बनाउन सकिन्छ : प्रदेश प्रमुख शर्मा

हेटौंडा, असोज ३ : वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा रहेका अथाह प्राकृतिक स्रोतसाधन, सांस्कृतिक सम्पदा र मानव स्रोतको भरपुर उपयोग गरी प्रदेशलाई समृद्ध बनाउन सकिने बताएका छन्।

संविधान दिवसका अवसरमा आज (आइतबार) वाग्मती प्रदेश सरकारद्वारा हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवाद उन्मुख अर्थतन्त्रको व्यवस्था गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्दै प्रदेशमा रहेका अथाह प्राकृतिक स्रोतसाधन, पूर्वाधार, पर्यटन सांस्कृतिक सम्पदा र विविधता तथा मानव स्रोतको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए।

उनले संविधान दिवसलाई सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य भएको दिनका रुपमा मनाउनुपर्ने बताए।  ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति सुशासन विकास समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी संविधान जारी भएको आजको दिन ऐतिहासिक हो,’ उनले भने।

संघीयताको भावना र मर्मलाई आत्मसात गर्दै अघि बढे संघीयताप्रति जनविश्वास भई सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सहयोग पुग्ने भनाइ उनले व्यक्त गरे। नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदान पछि २०७२ सालमा जननिर्वाचित संविधानसभाद्वारा नेपालमा संविधान जारी भएको उनले बताए।

प्रकाशित मिति: १३:१२ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्