Kathmandu Press

कांग्रेस सङ्खुवासभाको सभापतिमा खड्काको उम्मेदवारी घोषणा

सङ्खुवासभा, असोज ३ : नेपाली कांग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने...
कांग्रेस सङ्खुवासभाको सभापतिमा खड्काको उम्मेदवारी घोषणा

सङ्खुवासभा, असोज ३ : नेपाली कांग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा कांग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेको जानकारी दिए।

कांग्रेस सङ्खुवासभाका पूर्वपार्टी सभापति जनक थापाले कांग्रेस सङ्खुवासभाको सङ्गठनलाई सबल र सक्षम बनाउन खड्काको उम्मेदवारी स्वभाविक भएको बताए। पूर्वसांसद पासाङ शेर्पाले सङ्खुवासभामा कांग्रेस नेतृत्व सर्वसम्मत बनाउनसके आगामी दिनमा हुने तीनै तहको निर्वाचन कांग्रेसले जित्नसक्ने उल्लेख गरे। पूर्वसांसद बीना पौडेलले कांग्रेस सङ्खुवासभाको सभापतिका अरु आकाङ्क्षीलाई मिलाएर अगाडि बढ्न सुझाव दिए। 

घोषणासभामा कांग्रेस महासमिति सदस्य महेश थपलिया, ज्ञानबहादुर कार्की, महाधिवेशन प्रतिनिधि दिपेन्द्रमान शाक्य, पूर्वमहाधिवेशन प्रतिनिधि थलकुमार लिङ्खा, कांग्रेस जिल्ला कार्यसमिति सदस्य शेरबहादुर गुरुङ, आमन्त्रित जिल्ला कार्यसमिति सदस्य एवं वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा शेर्पा, पर्यटन व्यवसायी नवीन त्रिताल, अधिवक्ता सेवक पोखरेल, विद्यार्थी नेता सन्दिप निरौलालगायतको उपस्थिति थियो। 

प्रकाशित मिति: ०९:५८ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्