Kathmandu Press

आज एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, असोज ३ : नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्न लागेको छ।ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज दिउसो १ बजे...
आज एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, असोज ३ : नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्न लागेको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज दिउसो १ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा विधान महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

एमालेको विधान महाविधेशन असोज १५ देखि १७ गतेसम्म गर्ने तय भएको छ। त्यसको तयारीका विषयमा आजको बैठकमा छलफल हुने भएको छ।

यसअघि केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक र संगठनात्मक प्रतिवेदन पेश गरिएको थियो। तिनै प्रतिवेदन स्थायी कमिटी बैठकमा पनि पेश हुने एमालेले जनाएको छ।

प्रकाशित मिति: ०८:४३ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्