Kathmandu Press

सुदूरपश्चिममा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

सुदूरपश्चिममा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
Hardik ivf

सुदूरपश्चिम, असोज २ : सुदूरपश्चिम प्रदेशमा आज थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९२७  जनाको नमूना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

४६ मध्ये ४४ जनामा पीसीआर र  दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। पीसीआर  विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा ३८ र डडेल्धुरा अस्पतालमा छ  जनामा सङ्क्रमण पुष्टि भएको हो। यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १९ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको पुर्नवास नगरपालिकाका ५० वर्षीय पुरुष रहेका छन्। यसअघि शुक्रबार सुदूरपश्चिमका ३० जनामा  सङ्क्रमण पुष्टि हुँदा १८ डिस्चार्ज भएका थिए।  

प्रकाशित मिति: २१:१२ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्