Kathmandu Press

बागलुङमा ३६ प्रतिशत नागरिकलाई पूर्ण खोप

बागलुङ, असोज २ : कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएयता जिल्लामा हालसम्म ३६ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन्। स्वास्थ्य कार्यालय बागलुङले सार्वजानिक गरेको...
बागलुङमा ३६ प्रतिशत नागरिकलाई पूर्ण खोप
Hardik ivf

बागलुङ, असोज २ : कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएयता जिल्लामा हालसम्म ३६ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन्। स्वास्थ्य कार्यालय बागलुङले सार्वजानिक गरेको तथ्याङ्कानुसार जिल्लामा १८ वर्षमाथिका ३६ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त गरेका छन्। त्यसैगरी जिल्लामा हालसम्म ४२ प्रतिशत नागरिकले पहिलो डोज प्राप्त गरिसकेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म १८ वर्षमाथिका कक्षा ११ र १२ अध्ययन गर्ने दुई हजार ६६६ विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएका छन्। जिल्लामा कूल ६६ हजार ९९२ जनाले पहिलो डोज खोप लगाएका छन् भने ५६ हजार ७०८ नागरिकले पूर्ण खोप प्राप्त गरेको कार्यालय प्रमुख गुरौंले बताए। जिल्लामा अघिल्लो वर्षको तुलनामा प्रसूतिपश्चात हुने जाँच गर्ने महिलाको सङ्ख्या भने बढ्दै गएको छ। अघिल्लो वर्षदेखि सुत्केरीपश्चात स्वास्थ्यकर्मीद्वारा नै घरभेट कार्यक्रम सञ्चालन भएसँगै आव २०७६/७७ मा ११ प्रतिशत रहेकामा गत आवमा १८ प्रतिशत पुगेको गुरौंले बताए।

प्रकाशित मिति: १९:३१ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्